गुल्मीमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि,१६ जना कोरोना संक्रमण मुक्त !



गोकर्ण पाण्डे,असार १५ ।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ५९ जना र पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

जिल्लाको मुसिकोट नगरपालिकामा चार जना, धुर्कोट गाउँपालिकामा दुई जना,छत्रकोट गाउँपालिकामा ३१ जना,सत्यवति गाउँपालिकामा छ जना,ईस्मा गाउँपालिकामा १९ जना रुरुक्षेत्र गाउँपालिकामा एक जना, गरि ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ६६ पुगेको छ। त्यस्तै,पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९० जनाले ज्यान गुमाएका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता