गुल्मीमा देउसी भैलो राति ९ बजे सम्म मात्र खेल्न पाइने



गोकर्ण पाण्डे,गुल्मी।

गुल्मीमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने साहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताएका छन् ।

तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्फोटक पदार्थ (पटकाहरू)को ओसारप्रसार, खरिद, बिक्रीमा रोक लगाएको छ । आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले रोक लगाएको साहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता