गुल्मीमा डेढ महिना थपिए पाँच हजार मतदाता



हुमाकान्त पोखरेल÷गुल्मी, ३० साउन ।

गुल्मीमा डेढ महिनाको अवधिमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म कुल पाँच हजार १६० जना नयाँ मतदाता थपिएका हुन् । जसमा महिला दुई हजार ४२४ र पुरुष दुई हजार ७३६ रहेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

यस अवधिमा जिल्लाका ५८ जनाले नाम अध्यावधिक गरेका छन् भने ४०३ जनाले मतदान स्थल परिवर्तन गरेका छन् । त्यस्तै जिल्ला बाहिरका ५९ जनाले नाम दर्ता गराएको कम्युटर अपरेटर पन्थीले बताए । यो सँगै जिल्लाको कुल मतदाता सङ्ख्या दुई लाख २९ हजार ४३६ पुगेको छ । यसमा डेढ महिनाको अवधिमा जिल्ला बाहिर नाम समावेश गराएका र पछिल्लो पटक १८ बर्ष उमेर नपुगेकाको तथ्याङ्क समावेश छैन ।

गत स्थानीय तहको निर्वाचनमा एक लाख १० हजार ५९ पुरुष, एक लाख १४ हजार २१५ महिला र अन्य दुई गरी कुल दुई लाख २४ हजार २७६ मतदाता रहेका थिए । सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले मतदाता नामावलीमा नाम समावेश गर्ने कार्य भने रोकिएको पन्थीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता