गुल्मीमा जेठ २४ गते सम्म लम्ब्याइयाे निषेधाज्ञा



गोकर्ण पाण्डे

१४ जेठ, गुल्मी । जिल्ला कोभिड संकट व्यवस्थापन समिति गुल्मीले गुल्मीमा जारी निषेधाज्ञालाई आगामी जेठ २४ गते राती १२ बजे सम्म लम्ब्याउने निर्णय गरेको छ ।

समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।

निषेधाज्ञा अवधीभर अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि, तरकारी तथा फलफूल, माछा-मासु, निर्माण निर्माण सामाग्री हरेक दिन बिहान ९ बजे सम्म मात्र खोल्न पाइने छ । जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने टिपर, ट्याक्टर सुरक्षा सावधानि अपनाएर चल्न पाउने निर्णय गरिएको छ ।

त्यस्तै अत्यावश्यकीय तथा मानवीय कार्य बाहेक अन्य प्रयोजनका लागि बैंक तथा बित्तिय संस्था समेत बन्द रहने छन् । निषेधाज्ञाको कसैले अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।

यसअघि थप गरिएको निषेधाज्ञाकाे समय भाेलि अर्थात् जेठ १५ गते शनिबार राति १२ बजे सकिँदैछ ।  गुल्मीमा कोरोना भाइरसको दोश्रो लहरका कारण गुल्मीमा ७५ जना ले ज्यान गुमाइ सकेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता