गुल्मीमा जीप दुर्घटना हुदाँ ६ जना घाइते !



हुमाकान्त पोखरेल, गुल्मी ।

गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप अनियन्त्रित भई सत्यवती गाउँपालिका –६ स्थित रुद्रावेणी–वामी सडक खण्डमा पल्टिएको थियो ।

दुर्घटनामा परि बाग्लुङको बाटाकाचौर गाउँपालिका –३ निवासी ४७ बर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ बर्षिया चन्द्रकला काउछा, २२ बर्षया दिपिका काउछा, ५७ बर्षिय प्रेम बहादुर काउछा घाइते भएका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिका –१ का १६ बर्षिया कल्पना गलामी र वडा नम्बर ४ का २८ बर्षिया कल्पना पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलले जानकारी दिए ।

घाइते सबैलाई प्राथमिक उपचारको लागि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । जीप घटनास्थलमै रहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन् । जीपमा १३ यात्रु सवार रहेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता