गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते ! 



भदौ १२ गुल्मी ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ६ क्वाङदीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर बजार देखि रुपाकोट जाँदै गरेको जीप दुर्घटना भएको हो । लु १ ज १८३४ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित ५ जना घाएते भएका छन भने एक जनाको अवस्था सामान्य रहेको छ ।

जसमा १ जना बालक बाग्लुङ्ग बरेङ्ग गाउँपालिका वडा नम्बर ३ का ७ वर्षिय संगित परियार घाइते भएको इलाका प्रहरी कार्यालय शान्तिपुरले जनाएको छ । घाइतेहरुलाई गुल्मी अस्तपताल पठाउन लागिएको शान्तिपुर इलाका प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरबहादुर रोकाले बताए । जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता