गुल्मीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ



भदौ २४ गुल्मी ।

३ दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरि गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन् ।

चन्द्रकोट गाउँपालिका–२ भञ्ज्याङ्ग निवासी ३१ बर्षीय बिष्णु प्रसाद देवकोटालाई साउन २१ गते साँझ ९ बजे चक्कु प्रहार गर्ने स्थानीय ४६ बर्षीय दुर्गाबहादुर सुनार पक्राउ परेका हुन् ।

निजलाई पक्राउ गरि ज्यान मार्ने उद्योग कसुरको मुद्धा अदालतमा दर्ता गरि म्याद थप समेत गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

गम्भीर घाइते देवकोटाको गुल्मी अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपभचारका लागि पठाईएको जनाईएको छ ।

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता