गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु !



बैशाख १४ गुल्मी ।
गुल्मीमा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेककी ३५ वर्षीया गिता सुनारको मृत्यु भएको वडा अध्यक्ष जितु तरामु मगरले बताए ।
बिहिवार करिब ११ बजे स्थानीय कुण्डारी भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएकी सुनारको झण्डै ६ घण्टा पछि शव निकालेर पोस्ट मार्टमको लागि अगाडी बढाईएको छ। शव भिरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता