गुल्मीमा गाई काट्ने चार जना जना पक्राउ !



कात्तिक ५ गुल्मी ।

गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन् । शुक्रबार राति मालिका गाउँपालिका-२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप बहादुर रसाइली र ३५ वर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो । सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए ।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । नेटा दर्लिङ्गमा गाई काट्ने बिषय सामान्य बन्दै गएको छ । बिगतमा पनि त्यस स्थानमा गाई काटेको आरोपमा थुप्रै व्यक्ति पक्राउ परेका छन्

स्रोत नयाँ पत्रीका ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता