गुल्मीमा काेराेनामुक्त हुने दर बढ्दै, आज मात्र १ सय २१ जना संक्रमणमुक्त



गोकर्ण पाण्डे

९ जेठ, गुल्मी । गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ। पछिल्लो २४ घण्टामा १ सय २१ जना काेराेना संक्रमण मुक्त भएका छन् ।

गुल्मीमा अहिलेसम्म कुल ७ सय १४ जना कोरोना जितेर घर फर्किएको स्वास्थ कार्यालय गुल्मीले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका छन् । यो सँगै जिल्लामा दोस्रो लहर सुरु भए देखि कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता