गुल्मी,पुल्चोक कप: अर्जुन,महेन्द्र,सिद्धबाबा र रिर्डस सेमिफाइनल प्रवेश !



डिबी खड्का असोज ११ गुल्मी ।
११ विद्यालय सहभागी भएको चौथो पुल्चोक कप २०८० मा चार विद्यालय सेमिफाइनल प्रवेश गरेका छन । आज भएको खेलमा अर्जुन इङलिस बोर्डिङ स्कुलले रेसुङ्गा माविलाई ३-० ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
उसको लागि आकृती पुनले ह्याटि्रक गरिन ।
हाफ टाइम अघि दुई गोल गरेकी पुनले हाफ टाइम पछि एक गोल गर्दै ह्याटि्रक पूरा गरिन । पुन प्रतियोगितामा ह्याटि्रक गर्न पहिलो खेलाडी समेत बनेकी छन् ।
त्यस्तै अर्को खेलमा सिद्धबाबा माविले पालुखा मावीलाई ३-० ले पराजित गरेको छ । सिद्धबाबा माविको लागि केशरी पुनले २ र मनिषा श्रीसले १ गोल गरिन ।
महेन्द्र माविले ब्राईटर बोर्डिङ्ग स्कुललाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको छ ।
उसको लागि बिपना खत्री , सिर्जना मरासिनी र साक्षी श्रेष्ठले एक एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो ।
आज भएको अन्तिम खेलमा रिर्डस पब्लिक हाइ स्कुलले आदर्श विद्या आश्रमलाई २-१ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समय सम्म १-१ गोलको बराबरीमा सकिए पछि १५ मिनेट समय थपिएको थियो । अतिरिक्त समयको सहि सदुपयोग प्रयोग गरि रिर्डस पब्लिक हाई स्कुलले एक गोल गर्दै सेमिफाइनलमा सिद्धबाबा मावी संग आफ्नो भेट पक्का गराएको छ । रिर्डसको लागि जेनिशा बरालले दुई गोल गरिन भने आर्दश विद्या आश्रमको लागि समिक्षा थापाले एक गोल गरिन ।

महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पुल्चोक क्लबले वार्षिकोत्सबको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले बताए ।
प्रतियोगितामा उपाधी हात पार्ने विद्यालयले ३० हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्नेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता