गुल्मीदरबार गाउँपालिकामा विकासको लहर ल्याउन भुषालको उम्मेदवारी !



गोकर्ण पाण्डे गुल्मी ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गुल्मी दरबार गाउँपालिकामा कृष्ण बहादुर भुषालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा भुषालले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका हुन् । एमाले पार्टीको गाउँ कमिटी बैठकले भुषाललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप उनले उम्मेदवार दर्ता गरेका हुन् ।
गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले अध्यक्ष कृष्ण बहादुर भुषालले उत्साहजनक जनसहभागिताका कारण आफुहरुमा निरन्तर हौसला बढेको बताउनु भयो।उम्मेदवारी दर्ता गर्दै आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेको बताए ।
नागरिकमा आउने बिपद् का कुराहरुमा, सामाजिक संघसंस्था तथा अन्य सबै प्रकारका सामाजिक क्षेत्रहरुमा आफू निरन्तर क्रियाशिल रहेका कारण आफु गाउँपालिकाको अध्यक्षमा बहुमतका साथ बिजयी हुनेमा ढुक्क रहेको बताए । गाउँमा आमूल परिवर्तन,शिक्षामा परिर्वतन,कृषिमा क्रान्ति, सडक पुर्वाधार निर्माण, पर्यटन प्रबधनका कार्यक्रम युवा स्वरोजगार कार्यक्रम,महिला रोजगारमूलक कार्यक्रम जस्ता महत्त्वपूर्ण योजना रहेको बताउनु भयो।युवाहरुको हरेक गतिविधिमा उनको सक्रियता बढ्दै गएको छ।
भुसाल यस अघिको स्थानिय निर्वाचनमा गाउँपालिको अध्यक्षमा काङ्ग्रेसका स्वा अशोक थापा सगँ उपविजेता भएका थिए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता