गुल्मीको चन्द्रकोट गाउँपालिकामा खुल्ला तिज गीत प्रतियोगिता हुने 



महेश बोहरा, भाद्र २४ गुल्मी ।
हरितालिका तिजको अवसरमा चन्द्रकोट गाउँपालिकाले पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २५ गते सोमबारको दिन गाउँपालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिलाहरुको महान पर्व हरितालिका तिज–२०८० को अवसरमा कार्यक्रमको आयोजा गरिएको हो । भाद्र २५ गते सोमबार चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको भवन अगाडिको स्थानमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ ।
खुल्ला तिज गीत प्रतियोगितामा चन्द्रकोट गाउँपालिकाको ऐतिहासिकता झल्किने, धार्मिक सांस्कृतिक तथा पर्यटकीय पहिचान साथै यहाँको रहन सहन जातिय तथा सांस्कृतिक पक्षको बारेमा आधारित भएर प्रस्तुत गर्नेलाई प्राथमिकता दिने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १५,००० प्रमाणपत्र र मायाको चिना प्रदान गरिने छ, भने द्धितिय हुनेलाई नगद रु १२,००० प्रमाणपत्र र मायाको चिनो, तृतिय हुनेका लागी नगद रु ९,००० प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने चन्द्रकोट गाउँपलिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिका महिला बालबालिका शाखा प्रमुख यमकुमारी रानाका अनुसार हालसम्म उत्साहजन तरिकाले समुह दर्ता गरेको जानकारी दिइन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता