गुल्मीका स्थानीय तह द्धारा कृषी र पशुपालन क्षेत्रको विकासको लागी १० बुदें घोषणापत्र जारी



कात्तिक ३ गुल्मी ।
“समृद्ध किसान आत्मनिर्भर गुल्मी” भन्ने मुलनाराका साथ गुल्मीका १२ वटै स्थानीय तहले कृषि र पशुपालन क्षेत्रको विकास र विस्तारको लागि १० बुदें घोषणा पत्रमा सम्झौता गरेका छन् ।
कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव आदानप्रदान सहित नयाँकार्यमा सहकार्य गर्ने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
जिल्लाको सत्यवती गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका कृषि तथा पशुपालन सम्बन्धि असल अभ्यास अनुशरण कार्यक्रममा लुम्बिनी प्रदेश संसद चिन्तामणी पाण्डे, यमु गैरे,जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्री र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले संयुक्त रूपमा घोषणा पत्र जारी गरेका हुन ।

गुल्मी जिल्लाको विकास र समृद्धि भनेकै कृषि र पशुपालन रहेको हुँदा सबै स्थानीय तह बिच अन्तर सम्बन्ध बढाउने र कृषिजन्य उपजको बजारीकरण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको सत्यवती गाउँपालिकका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो ।

दश बुदें घोषणा पत्रमा,परिमाणात्मक उत्पादनमा जोड दिने,अन्तरपालिका स्तरीय बजार सञ्जालना जोड दिने,रैथाने बाली संरक्षण गर्ने ,नश्ल सुधार तथा कृषि प्रविधि विस्तारमा जोड दिने,सामुहिक कृषि तथा पशुजन्य स्रोत केन्द्रको स्थापन गर्ने ,युवा मैत्री कृषि कार्यक्रम सञ्चालन गर्ने ,सहकार्यमा कृषीजन्य सामाग्री उत्पादन देखि भण्डारण गर्ने ,बादर बँदेल नियन्त्रणको लागि पहल गर्ने ,युवा उद्यमी तयार पार्न लगायतका विषयमा स्थानीय तह बिच सम्झौता भएको हो ।
कार्यक्रममा स्थानीय तहमा कृषि तथा पशुपालन क्षेत्रमा रहेका चुनौती ,सम्भावना र वर्तमान अवस्थाको बारेमा जानकारी गराउदै एक अर्का विच अनुभव आदानप्रदान समेत गरिएको थियो ।
कृषि र पशुपालनमा राज्यले धेरै सहयोग गरिरहेको कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका लुम्बिनी प्रदेका सांसद चिन्तामणी पाण्डेले बताउनु भयो ।
कृषि तथा पशुपालन क्षेत्रको विकास तथा विस्तारको लागि स्थानीय तहले देखाएको सक्रियता प्रती किसान पनि खुसी भएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता