गुल्मीका पत्रकार  खत्री सम्मानित



३ पुष, गुल्मी ÷ गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा गुल्मीका क्रियाशील पत्रकार खत्री सम्मानित भएका हुन् ।

पत्रकारिता क्षेत्रबाट नागरिकको आवाज मुखरित गरेको, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जिल्लाका गरेका असल कर्मको प्रचारप्रसार गरेको तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको भन्दै सम्मान गरेको प्रतिष्ठानका सचिव भुवन भुसालले बताए ।

पत्रकार खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लाससिहत सम्मान गरिएको हो । प्रमुख अतिथि बिजीले पत्रकारिता क्षेत्रमा थप क्रियाशील र योगदानका लागि बधाई तथा शुभकामना दिएका थिए ।

गुल्मीको इस्मा गाउँपालिका–२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन् । खत्री हाल अनलाइन खबर र नेपाल टेलिभिजन लगायतका मिडियामा कार्यरत छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता