खाद्य व्यवस्था तथा ब्यापार लिमिटेड केन्द्र स्थापनाले मालिकाबासीलाई राहत



पुस ७ गुल्मी ।
भौगोलिक रुपमा विकट मानिने गुल्मीको मालिका गाउँपालिकामा खाद्य ब्यबस्था तथा व्यापार लिमिटेड केन्द्रको स्थापन गरिएको छ । सहज रुपमा आपूर्ति सङै सहुलियतमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उदेश्यले खाद्य तथा ब्यापार केन्द्रको स्थापना गरिएको हो ।
वडा नम्बर ४ अर्खबाङमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको शुक्रबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले उद्वघाटन गरेका हुन ।
उद्वघाटन गर्दै अध्यक्ष अर्यालले आयात र निर्यातलाई सन्तुलित बनाउने उल्लेख गरे । पालिकामा उत्पादन भएका कृषि तथा अन्य खाद्यान्न उपजलाई निर्यात गर्न केन्द्रले सहयोग पुराउने अध्यक्ष अर्यालले उल्लेख गरे ।
खाद्य तथा ब्यापार केन्द्र बाट जनताले चामलमा प्रती केजि ७ रुपैयाँ छुटमा पाउनेछन । अहिले तीन प्रकारका चामल बिक्रीवितरण हुँदै आएको छ भने पछि अन्य थप खाद्य वस्तु बिक्रीवितरण गर्ने योजना केन्द्रको रहेको छ । सहज ढंगले सस्तोमा चामल किन्न पाउँदा स्थानीय खुसी भएका छन ।

यस खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बिक्री केन्द्र बाट मालिका गाउँपालिका सङै छिमेकी जिल्ला बागलुङका नागरिक समेत सेवा लिनेछ्न ।
नागरिक खाद्यान्न बाट बन्चित नहुन भनेर विकट क्षेत्रमामा बिक्री केन्द्र स्थापन गरिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गुल्मीका कार्यालय प्रमुख पुस्पा पाण्डेले बताईन ।
उद्वघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल , वडा अध्यक्ष ,कर्मचारी,स्थानीय लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता