कृषि प्राविधिक र कृषि सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम



४ मंसिर, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा जिल्लाका स्थानीय तहका कृषि प्राविधिक र स्मार्ट कृषि गाउँका सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

तिन दिने तालिममा कम्प्युटर सम्बन्धि एमएस वर्ड, पावर पोइन्ट तथा मोबाइल एप्स सञ्चालन  सम्बन्धि तालिम प्रदान गरिएको थियो । त्यस्तै कृषिको डाटा कसरी सङ्कलन र व्यवस्थापन कसरी गर्ने, कार्यक्रम तर्जुमा कसरी गर्ने भन्ने विषयमा पनि तालिम प्रदान गरिएको थियो ।

छत्रकोट गाउँपालिकाका कृषि अधिकृत सपना भण्डारीले कृषिको डाटा कसरि व्यवस्थित गर्ने भन्ने बारेमा सिक्न पाएको बताईन । साथै यस्ता तालिम आगमि दिनमा पनि हुनु पर्यो उनको माग थियो।

त्यस्तै गुल्मी दरबार गाउँपालिकाका स्मार्ट कृषि गाउँका सहजकर्ता कमल केसिले तालिममा सहभागी हुन पाएकोमा खुसि व्यक्त गर्दै तालिमबाट धेरै कुरा सिकेको प्रतिक्रिया दिए ।

कृषि प्राविधिकलाई सफ्टवेयर सञ्चालन सम्बन्धि तालिम प्रदान गर्दा छिटो छरितो विश्वसनीय तथ्यांक प्राप्त हुने हुँदा तालिमको आयोजना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले बताए ।

तीन दिनसम्म चलेको तालिमा जिल्लाका सबै स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि र कृषि ज्ञान केन्द्र गुल्मीद्वारा सञ्चालनमा रहेका ६ वटा स्मार्ट कृषि गाउँका सहजकर्ताको सहभागीता रहेको थियो ।

आज समापन कार्यक्रम कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीको अध्यक्षता, मुख्य प्रशिक्षक अनिश श्रेष्ठको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन कृषि अर्थ विज्ञ युवराज ढकालले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता