काठमाडौंका एक व्यक्ति गुल्मी तम्घासमा मृत फेला



माघ १२ ।
गुल्मीको तम्घासमा एक व्यक्ति मृत फेला परेका छन् । काठमाडौं टोखा नगरपालिका– २ सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनी रेसुंगा नगरपालिका– २ छापटोलास्थित विश्वास पुनको घरमा कोठा लिएर बस्दै आएका थिए । क्षेत्रीलाई साथीहरूले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधवराज खरेलले जानकारी दिए ।

भित्रबाट चुकुल लगाएको र पटकपटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा बिस्तारासहितको खाटमा मृत अवस्थामा फेला परेका खरेलले बताए । घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको निमित्त प्रमुख खरेलले बताए ।

स्रोत नयाँ पत्रिका

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता