कर्मचारी संगठन गुल्मीद्धारा प्रजिअ पौडेललाई बिदाई



गुल्मी, ११ माघ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललाई बिदाई गरेको छ । काभ्रे जिल्लामा सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी पौडेललाई संगठनले सम्मान गर्दै बिदाई गरेको छ । कार्यक्रममा पौडेलले कर्मचारी संगठन तथा कर्मचारीहरुको सहयोगले जिल्ला प्रशासन कार्यालयलाई सर्वोउत्कृष्ट र जिल्लाका दुई निर्वाचनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग पुगेकोप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम संगठनका जिल्ला अध्यक्ष भिम खनालको अध्यक्षता तथा केन्द्रिय पार्षद लालमणी भण्डारीको संचालनमा सम्पन्न भएको थियो । बिदाई कार्यक्रममा संगठनको लुम्बिनी प्रदेश उपाध्यक्ष कल्पना पाण्डेले शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रममा संगठनका तर्फबाट जिल्ला, प्रदेश तथा केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता