एमाले घमिरका उप-सचिव माअाेवादी केन्द्रमा प्रवेश



गुल्मी, ३० असाेज ।

नेकपा एमाले, मालिका गाउँपालिका -७ घमिरका उप-सचिव तारा बहादुर केसी नेकपा माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् । साेमबार बिहान माअाेवादी केन्द्रका जिल्ला संयाेजक एवम् गुल्मी-२ `ख´ का उम्मेदवार बुद्धि जिसी, गाउँपालिका अध्यक्ष देविराम अर्याल, नेता प्रेम भट्टराई लगायतले केसीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । एमालेमा चरम व्यक्तिवाद हावी भएकाे एवम् गाेकर्ण विष्टले लगातार निर्वाचनमा जित हाँसिल गर्दापनि कुनै विकासकाे काम नगरेकाेले परिवर्तनकाे लागि आफू माअाेवादी केन्द्रमा प्रवेश गरेकाे केसीले बताए । त्यसका साथै नेता केसीलले आगामी मंसिर -४ सम्म आफू निरन्तर गठबन्धनकाे पक्षमा खुलेर प्रचार गर्ने पनि प्रतिवद्वता व्यक्त गरे । माअाेवादी नेता जिसीले मालिकाबासीकाे विकास र समृद्धिका लागि गठबन्धन सधै तयार रहेकाे बताएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता