इस्मा दोहोलीमा बन्दै छ, १५ शैयाको यस्तो अस्पताल (हेर्नुहोस तस्वीरमा)



माघ १८ ।

नेपाल सरकारको एक स्थानीय तह एक स्वास्थ्य संस्था कार्यक्रम अन्र्तगत देशभरका स्थानीय तहमा अहिले १५ शैयाका स्वास्थ्य संस्थाको शिलान्यस संगै निमार्ण प्रक्रिया अगाडी बढाइएको छ ।
सोही कार्यक्रम अन्र्तगत गुल्मीको इस्मा गाउँपालिकाले पनि १५ शैयाको अस्पतालको निमार्ण प्रक्रिया अगाडी बढाएको छ ।
गाउँपालिकाको वडा नम्वर चार दोहोलीमा निमार्ण हुने अस्पतालको डिपिआर तयार पारी प्रक्रिया अगाडी बढाइएको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले बताइन । साथै आइतबार गाउँपािलकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिकहरु लाई इन्जिनियर बिशाल श्रेष्ठले अस्पतालको डिपिआर बारे जानकारी गराएका छन् । साथै श्रेष्ठले मापदण्ड अनुसार समयमै अस्पताल निमार्ण सम्पन्न गर्ने अनुरोध समेत गरेका छन ।

करिब १८ करोड लागत रहेको यस अस्पताल दुई वर्ष भित्र सम्पन्न हुनेछ ।

(हेर्नुहोस तस्वीर)

 

 

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता