इस्मा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै काँग्रेस द्धारा विरोध प्रर्दशन !



सन्तोष महतारा -माघ ३ ,गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध कार्यक्रम गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।

नेपाली काँग्रेस इस्मा गाउँपालिकाको आयोजनामा नेपाली काँग्रेस गुल्मीका सचिव भगत् सिंह खड्काले नेतृत्व गर्दै क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्याल, इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजाल, वडाका सभापतिहरु र प्रतिनिधिमूलक कार्यकर्ताको उपस्थितीमा कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गाउँपालिकाले गरेको अनियमितता र भ्रष्टाचारबिरुद्ध आफहरुले कार्यक्रम गरेको नेपाली काँग्रेस इस्मा गाउँपालिकाले जनाएको छ ।

बिरोध कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले प्लेकार्डहरु बोक्नुका साथै नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागीहरुले इस्मा सरकार सदाचारी बन, लेन्थवर्करको कर्म–एमाले नेताको घरमा, अतिभयो सरकार–इस्मामा भ्रष्टाचार, लेन्थवर्कर एमालेको घरमा–इस्मा सरकार अदालतमा, इस्माली जनताको आवाज–स्थानीय सरकार नाजवाफ, इस्माली जनताको आदेश–अघि बढ काँग्रेस, छानविन समिति र लेखा समितिको प्रतिवेदन सार्वजानिक गर, इस्मा सरकार–खबरदार, भ्रष्टाचारमा कागती–दोषीमा भारती, न्यायिक समिति कहाँ छ–अदालतमा गएको छ लगायतका प्लेकार्ड बोक्दै सोही कुराहरु नारा लगाएका थिए ।

इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजालले बाध्य भएर बिरोध गर्नुपरेको बताएका छन् । गएको वर्ष कूल २२ लाख ५० हजार रुपैयाँको कागती खेती प्रर्बद्धन कार्यक्रममा १२ लाख ५० हजार रुपैयाँ कर्मचारीले अनियमितता गरेको भनेर जनप्रतिनिधिहरुलाई जनप्रतिनिधिले नै उम्काएको इस्मा गाउँपालिकाका सभापति रिजालको आरोप छ । त्यस्तै नेकपा एमालेका स्थानीय नेता मान बहादुर बस्नेतको घरमा लेन्थवर्करलाई काम गर्न गाउँपालिकाले पठाएको बिषयमा पनि काँग्रेस इस्माले प्रश्न उठाएको छ । यी यस्तै बिषयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले प्रेस विज्ञप्ती निकालेको बिषयमा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले गुल्मी जिल्ला अदालतमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्यालबिरुद्ध मुद्धा दायर गरेको बिषय र गाउँपालिकाले आफु उम्कन प्रेस विज्ञप्ती जारी गरेको बिषयमा गाउँसभा चलिरहेको समयमा आफुहरुले बिरोध प्रदर्शन गरेको इस्मा गाउँपालिकाका सभापति रिजालले जानकारी दिए । यसअघि पनि नेपाली काँग्रेस इस्मा गाउँपालिकाले पटकपटक गाउँपालिकालाई ध्यानकर्षण गराएको रिजालले बताए । उनले इस्मा गाउँपालिका अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

त्यस्तै गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्यालले गाउँसभा चलिरहेको समयमा आफुहरुले बिरोध गर्नुको कारण सरकारी तलब भत्ता बुझ्ने लेन्थवर्करहरुलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताको घरमा काम लगाउनु भएको बताए । इस्मा सरकारले नियोजित रुपमा विज्ञप्ती निकालेर आफुहरु उम्कन खोजेको उनको आरोप रहेको छ । इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार लुकाउनको लागि अदालतमा मुद्धा दायर गर्ने समेत काम भएको अर्यालले बताए । आगामी दिनमा कोभिड–१९ संक्रमण ब्यापक रुपमा नफैलिएको खण्डमा ठूलो जनसहभागितामा इस्मा गाउँपालिकाको अनियमितता र भ्रष्टाचारबिरुद्ध डटेर लड्ने तयारी भइरहेको पनि अर्यालले जानकारी दिए ।

बिरोध कार्यक्रम पछि संचारकर्मीसँग प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् । उनले न्यायिक समितिको कार्यसम्पादन हेर्न आग्रह गर्दै न्याय खोज्नको लागि आफुलाई सार्वजानिक ठाउँमा भ्रष्टाचारी भन्नेहरुबिरुद्ध अदालत पुगेको जानकारी दिइन् ।

बिरोध कार्यक्रमपछि इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले संचारकर्मीसँग प्रतिक्रिया दिदै कागती खेती प्रबद्र्धन कार्यक्रमको सम्बन्धमा छानविन आयोगको प्रतिवेदनमा फेरिस्त भएको बताए । प्रतिवेदन अनुसार कर्मचारीलाई बर्खास्त गरेको र सबै कुरा प्रतिवेदनमा उल्लेख भएको भन्दै गाउँपालिका अध्यक्ष बिष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेर गएको तर त्यसको जवाफ नआएको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता