इस्माको वडा नम्वर ५ खरका छाना मुक्त र उज्यालो वडा घोषणा



कात्तीक-३० गुल्मी ।
इस्मा गाउँपालिकाको वडा नम्वर पाँच रजस्थललाई खरका छाना मुक्त र उज्यालो वडा घोषणा गरिएको छ । मंगलबार गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले एक कार्यक्रमका बिच वडालाई खरका छाना मुक्त र उज्यालो वडा घोषणा गरेकी हुन ।
वडाका सबै खरका छानाका घरलाई विस्थापित गरी जस्ता पाता लगाईएको र सबै घरधुरीमा विद्युत पुगे  पछि खरका छाना मुक्त र उज्यालो वडा घोषणा गरिएको वडा अध्यक्ष कलानीधि भण्डारीले बताए ।

खरका छाना मुक्त अभियानमा वडाका एक सय १७ घरपरिवारलाई जस्ता पाता प्रदान गरिएको थियो । जहाँ गाउँपालिकाले ८४ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको थियो भने संघिय सरकारले सुरक्षीत आवस कार्यक्रम अन्र्तगत ३३ घरपरिवारलाई जस्ता पाता उपलब्ध गराएको थियो ।

इस्मा गाउँपालिकाले जस्तापातामा प्रतिघरपरिवार ३० हजार खर्चीएको र संघिय सरकारले ५० हजार खर्चीएको वडा अध्यक्ष भण्डारीले उल्ल्लेख गरे । त्यस्तै वडाका ८ सय घरपरिवारमा विद्युत पुगेको छ ।
उज्यालो वडा अभियानमा गाउँपालिका बाट एक सय ७ र विद्युत प्राधिकरण गुल्मी बाट बाट एक सय ५८ जना परिवारलाई निः शुल्क मिटर बक्स वितरण गर्नुका साथै इस्मा गाँउपालिकाले ६ हजार मिटर कालो तार निशुल्क प्रदान गरेको थियो ।

वषौं देखी चुहीने छाना मुनी अध्यारोमा बस्दै आएका रजस्थवासीहरु टिनले छाएको घरमा उज्यालोमा बस्न पाउँदा हर्षीत भएका छन् ।
त्यस्तै यता जनप्रतिनिधिहरुले पनि आफ्नो चुनावी बाचा पुरा भएको प्रतिक्रिया दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता