आर्थिक संकटकाल लागेको रेसुङ्गा क्याम्पसलाई नगरपालिकाकाे १ कराेड सहयोग



भदौ १८ गुल्मी । रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाले १ कराेड आर्थिक सहयोग गर्ने भएको छ ।

गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङकट भएपछि संचालक समितीको साउन ३० गतेको बैठकले क्यामपसलाइ आर्थिक सङ्कटकालको घोषणा गरकाे थियो ।

क्याम्पसलाई आर्थिक संकटबाट निकास दिइ शैक्षिक रुपमा चलायमान बनाउन रेसुङ्गा नगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत क्याम्पसलाई एक करोड सहयोग गर्ने घोषणा गरेको छ।

पत्रकार सम्मेलनमा नगरप्रमुख खिलध्वज पन्थीले `यस सहयोगले क्याम्पसको आर्थिक संकट निवारण गर्ने कार्यमा एउटा इटा थप्ने कुरामा विश्वास लिएको बताएका छन।

उनले शैक्षिक धराेहरलाई आर्थिक दायित्व कम गराएर क्याम्पस बचाउन लागि पर्न सबै पालिकालाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

विसं २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको थियो।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता