आफू प्रधानमन्त्रीका लागि योग्य व्यक्ति भएको चन्द्र भण्डारीको दावी



टोपराम केसी
आश्विन-१६ गुल्मी।
नेपाली काङ्ग्रेसका नेता डा.चन्द्र भण्डारीले आफुसँग प्रधानमन्त्री बन्न आवश्यक योग्यता र क्षमता रहेको दावी गर्नु भएको छ। समाचार संस्था हुलाक सञ्चार सँगको विशेष संवादमा उहाँले सो दावी गर्नु भएको हो।उहाँले देशको प्रधानमन्त्री बन्ने व्यक्तिले अगाडि सार्नु पर्ने सम्भावित तथा आवश्यकिय प्रस्तावहरु समेत प्रस्तुत गर्नु भएको छ।सोही अनुसार प्रधानमन्त्री बन्न केही निर्धारित लक्ष्य सहितको दुरदृष्टि आवश्यक पर्ने उहाँको भनाइ छ।उहाँले नेपाल पछाडि पर्नु को मुख्य कारण भ्रष्टाचार मौलाउनु रहेको उहाँको जिकिर गर्द‌ प्रधानमन्त्री बन्ने व्यक्तिले स्पष्ट रुपमा जनता सामु भ्रष्टाचार गर्दिन भन्ने प्रण गर्नु पर्ने उहाँको भनाई छ।नेता भण्डारीका अनुसार नेपालमा विकासका विभिन्न योजनाहरु सञ्चालन भैरहेका छन्,३वर्षका योजना २०अौँ वर्षमा समेत पूरा हुन नसक्दा अरवौँ सम्पत्तिको नाश भैरहेको छ।नेपालमा धेरै विकासका योजना सञ्चालन हुँदा समेत प्रभावकारी ढङ्गले समयमै सम्पन्न हुन नसकेको उल्लेख गर्दै नेता भण्डारीले देशको नेतृत्व गर्नेले योजना पूरा गर्ने निश्चित समय दिन सक्नु पर्ने जिकिर गर्नु भयो।उहाँले देशलाई गति दिन वर्तमान शिक्षा प्रणाली मा व्यापक परिवर्तन ल्याउनु पर्नेमा जोड दिनु भयो।नेपालको शिक्षा अन्तर्राष्ट्रिय रुपमा कम्जोर रहेको उहाँको ठहर छ।यसरी शिक्षालाई अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धी तथा जिवनपयोगि बनाउन शिक्षामा रुपान्तरण अहिलेको आवश्यक रहेको उल्लेख गर्दै त्यो कहिले सम्म सम्भव छ भनी देशको नेतृत्व लिने व्यक्तिले स्पष्ट दृष्टिकोण राख्नु पर्ने उहाँले बताउनु भयो ।यस्तै वर्तमान स्वास्थ्य प्रणालीले करिव १.७ प्रतिशत नेपाली जनता गरिवीको रेखामुनी रहेको, विभिन्न दिर्घरोगहरुको सिकार वनिरहेकाले स्वास्थ्य प्रणालीमा सुधार ल्याई ति दिर्घरोगीहरुको नेपालमै उपचार गर्ने वातावरण कहिले,सम्म सिर्जना गर्न सकिन्छ,भने तर्फ केन्द्रित बन्नु पर्ने उल्लेख गर्नु भयो।नेपाल जलस्रोत तथा अन्य विभिन्न प्राकृतिक स्रोतले धनी मानिएकाले ती स्रोतलाई विकाससँग जोडेर नेपाली जनातालाई सम्पन्न शाली बनाउन ध्यान दिनु पर्ने पनि उहाँको शर्त छ।साथ‌ै युवाहरु विदेशिने क्रम बढेको ,व्यापार घाटा चुलिएको प्रसङ्ग उल्लेख गर्दै युवाहरुलाइ देश विकासमा अभिप्रेरित गर्नु पर्नेमा जोड दिनु भयो। नेपाल कला र संस्कृति मा धनी भएकाले आफ्नै संस्कृतिमा रमाउन सक्नु पर्ने उहाँको तर्क छ। माथि उल्लेखित योग्यता र क्षमता राख्ने व्यक्ति नै प्रधानमन्त्री बन्न सक्ने व्यक्ति भएको भन्दै नेता भण्डारीले आफू नै प्रधानमन्त्रीका लागि सक्षम तथा दावेदार व्यक्ति रहेको बताउनु भयो। विभिन्न नेता,स्वतन्त्र व्यक्तिहरु,बौद्धिक सर्कलहरुले आफू लाई प्रधानमन्त्री बन्न सक्ने उच्चतम व्यक्ति ठानेको उहाँको दावी छ।त्यसका लागि आफूले समेत स्पष्ट भिजन सहित जनता समक्ष प्रस्तुत हुने नेता भण्डारीको सङ्कल्प छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता