आज मालिका तारा छनोट हुँदै :फाइनलमा ६ जना प्रवेश !



फागुन २ गुल्मी ।
मालिका गाउँपालिकाले आयोजना गरेको मालिका लोक ताराको आज बुधबार फाइनल अडिशन हुँदै छ ।
मालिका लोकतारा २०८० को फाइनल राउन्डमा ६ जना प्रवेश गरेका छन्  ।
माघ २१ गते देखि सुरु भएको मालिका लोकताराको अडिशन वडा तह हुँदै सोमबार सेमि फाइनलको अडिशन गाउँपालिकाको केन्द्र अर्खबाङमा सम्पन्न भएको हो ।
१४ जना सहभागी मध्य ६ जना अन्तिम राउन्डमा प्रवेश गरेको प्रमुख मूल्याकंनकर्ता तथा बरिस्ठ लोकदोहोरी गायक सन्तोष केसीले जानकारी दिए ।
साथै मालिका गाउँपालिकाले लोक तारा कार्यक्रमको आयोजना गरेर कला सस्कृती संगै लोक गितको संरक्षण गरेको बताए । त्यस्तै गायक केसीले सेमिफाइनल राउन्डमा सहभागी मध्य एक जनालाई आफुले आफ्नो एल्बममा गित गाउने अवसर दिने समेत उद्घोष गरेका छन् । सहभागीको रुचि आर्थिक अवस्था हेरेर निशुल्क गित गाउने अवसर दिने उनले बताए ।
अन्तिम ६ मा पुगेका सुस्मिता बुढा मगर,पायल खनाल ,कौशिला घर्ती,ज्ञान बहादुर बलामी,यमुना परियार र विशाल सुनारले बुधबार अर्खबाङमा आफ्नो प्रस्तुति देखाउने छन् ।
मालिका रनिङ शिल्ड सङै मालिका लोकताराले अर्खबाङको रौनक बढेको छ । साथै सोही अवसरमा राष्ट्रिय स्तरका कलाकार सन्तोष केसी,अनिल खत्रीको प्रस्तुति समेत रहने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता