अध्यक्ष पोखरेल द्वारा निन्युखर्क माविको ४ कोठे भवन उद्घाटन



पुस १३ गुल्मी ।
धुर्कोट गाउँपालिका ३ हाडहाडे स्थित निन्युखर्क माविको नवनिर्मित चार कोठे भवनको उद्घाटन गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले एक समारोहका बिच भवनको उद्घाटन गरेका हुन । उद्वघाटन गर्दै अध्यक्ष पोख्रेलले वर्षौं देखि कच्ची भवनमा अध्ययन गर्दै आएका विद्यार्थीले अब सुविधा सम्पन्न भवन बाट अध्ययन गर्ने बताए । साथै भौतिक विकास सङै शैक्षिक गुणस्तरमा पनि सबैले ध्यान दिनु पर्ने अध्यक्ष पोख्रेलले उल्लेख गरे । उनले भने“ पुर्वधार बन्यो अब शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ त्यसको लागि विद्यालय परिवार लाग्नुस तपाईंको साथमा गाउँपालिका छ ´´ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विनियोजित ५० लाख रकम बाट भवन बनेको हो । निर्माण सुरु गरिएको ६ महिनमा भवन सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक कृष्ण विष्टले जानकारी दिए । हाल यस विद्यालयमा चार सय तीन जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
आज उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी , वडा अध्यक्ष पदम विष्ट लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता