अखिल नेपाल खेलकुद महासंघ गुल्मीको भेला सम्पन्न



फागुन १९ गुल्मी ।

गुल्मीमा अखिल नेपाल खेलकुद महसंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले गोविन्द हिताङ संयोजक र हरी घर्ती सह–संयोजक रहने गरी ५१ सदस्यीय ‘प्रथम गुल्मी जिल्ला सम्मेलन तयारी समिति’को गठन गरेको छ । समितिको सदस्य सचिवमा सम्झना बोहोरा रहेकी छिन् । भेलाले आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन सम्मेलन गर्ने निर्णय गरेको छ ।
त्यस अवसरमा जिल्लास्तरीय खुल्ला भलिबल, फुटबल, तेक्वान्दो, इ–गेम लगायतका खेलकुदका कार्यक्रमहरु हुनेछन् । भेलाले सम्मेलन सफल बनाउनको लागि ११ सदस्यीय सचिवालय पनि बनाएको छ । जसमा कानुनी सल्लाहकार वेद प्रसाद कुँवर, प्रेस सल्लाहकार तिलाचन पाण्डे र प्रमुख सल्लाहकार अशोक थापा रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीका सचिव अशोक थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य भीम ज्ञवाली, माओवादी केन्द्र लुम्बिनी परिषद् सदस्य घनश्याम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम गिरिसिहं महाकिमको संचालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता