२२ वर्षपछी मालिका गाउँपालिका शिलादीका सुकुम्बासीले पाए लालपुर्जा



१९ माघ, गुल्मी । जिल्लाको मालिका गाउँपालिका ७ घमीरको शिलादीमा बस्दै आएका सुकुम्बासीले २२ वर्षपछि लालपुर्जा प्राप्त गरेका छन् । स्थानीय सरकारको लामो प्रयासपछि उनिहरुलाई शिलादीबाट अन्यत्र स्थानान्तरण गरिएको हो ।

जग्गा खरिदका लागि गाउँपालिकाले प्रतिपरिवार ५० हजार रकम उपलब्ध गराएपछि उनिहरुले घमीरकै डिई भन्ने स्थानमा पाँच रोपनी जग्गा खरिद गरेको वडा अध्यक्ष वेद प्रसाद पन्थीले बताए । साथै सुकुम्बासी परिवारलाई घर बनाउनका लागि गाउँपालिकाले थप २ लाख आर्थिक सहयोग गर्ने वडा अध्यक्ष पन्थीले उल्लेख गरे ।

बाढीपहिरोका कारण विस्थापित भई २२ वर्षअघि उनिहरु घमिरकै टुनिखोलाबाट शिलादीमा बसाइँसराइ आएका थिए । शिलादी क्षेत्र सार्वजनिक तथा वन क्षेत्र हो । सुकुम्बासीले वन क्षेत्र अतिक्रमण गरेको भन्दै जिल्ला वन कार्यालय गुल्मीले उनिहरुले लगाएको मकै बाली समेत नष्ट गरिदिएको थियो ।

त्यस्तै स्थानीय तहले पनि सार्वजनिक जग्गामा उनिहरु बसोबास गरेको बताउँदै आधारभुत आवश्यक पनि अन्यत्र सारेपछि मात्रै दिने भन्दै सेवा सुविधाबाट बञ्चित गराएको थियो ।

सुकुम्बासी समस्या समाधान भएसँगै गाउँपालिका र सुकुम्बासी दुबै खुसि देखिन्छन् । लामो समय पछि स्थायी बसोबासको ग्यारेन्टी भए पछि सुकुम्बासी परिवार खुसी भएका छन् भने स्थानीय तहले पनि एउटा महत्त्वपूर्ण कार्य सम्पन्न गरेको छ । सुकुम्बासी समस्या समाधान भएसँगै गाउँपालिका खरका छाना मुक्त र अध्यारो मुक्त गाउँपालिका छिट्टै घोषणा हुने मालिका गाउँपालिकाका प्रवक्ता शोभखर गिरीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता