स्थानीय सरकार सञ्चालन सम्बन्धि मालिका गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम



असार २ गुल्मी ।

मालिका गाउँपालिकामा स्थानीय सरकार सञ्चालन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र अर्खबाङमा सो कार्यक्रम सम्पन्न भएको हो । अभिमुखिकरण कार्यक्रमलाई नेपाल सरकारका पुर्व प्रशासक डाक्टर नारायण थापाले सहजीकरण गरेका थिए ।

उनले स्थानीय सरकार सञ्चालन ऎन २०७४ को बारेमा जानकारी गराउदै स्थानीय तहमा बजेटको स्रोत ,प्रयोग स्थानीय तहका अधिकार,प्रदेश तथा केन्द्रसङका साझा अधिकारको बारेमा नवनिर्वाचित जनप्रतिनिधि माझ प्रष्ट पारेका थिए ।

साथै उनले स्थानीय तहका समस्या तथा चुनौती र समाधानको उपाएको बारेमा समेत प्रशिक्षण दिईएका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले प्रशासन र स्थानीय तहको साझेदारी तथा समन्वयमा काम गर्नु पर्ने धारण राखेका थिए ।

सोही अवसरमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल र मालिका गाउँपालिकाका जनप्रतिनिधि बिच अन्तरक्रिया समेत भएको छ । समसामयिक बिषय वस्तु र स्थानीय तहका चुनौती र सम्भावना लगाएतका विषयमा अन्तरक्रिया भएको गाउँपालिका प्रवक्ता ज्ञान कुमार बुढाले बताए ।

स्थानीय तहको विकास र समृद्धिको लागि सहकार्य गरेर अगाडि बढ्ने दुबै स्थानीय तहका अध्यक्षले प्रतिबद्धता समेत जनाएका छन । यस्तै आज समापन कार्यक्रममा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले नागरिकको चाहाना र भावना अनुसार काम गर्ने बताए । सिमित स्रोत साधनका बाबजुद नागरिकका धेरै आवश्यकता पूरा गर्नु पर्ने हुँदा सुशासन र पारदर्शी ढंगले काम गरि नागरिकका अधिकतम आवश्यकता पूरा गर्ने उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता