स्थानीय तहको पालो बाडेर जिल्ला प्रशासन गुल्मीबाट आंशिक सेवा सुचारु



सन्तोष महतारा – माघ १७ गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो प्रणालीबाट सेवा सुचारु हुने भएको छ । कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीमा बुधबार देखी केही मात्रा र आइतबार देखि आशिंक मात्रामा सेवा सुचारु हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार देखि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राहदानी बितरण, दलित, आदिवासी जनजाति र पेन्सन सम्बन्धिका कागजात प्रमाणित गर्ने सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए । साथै आउँदो आइतबार देखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो प्रणालीद्धारा आशिंक रुपमा केही मात्रा सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबार र सोमबार रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने दिन तोकिएको छ । त्यस्तै मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका र इस्मा गाउँपालिकाका सेवाग्राही सेवा दिइने छ । साथै बिहिबार र शुक्रबार रेसुङ्गा नगरपालिका, गुल्मीदरवार गाउँपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिएका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचयपत्र र राहदानीको विवरण दर्ता भने अर्को सुचना जारी नहुन्जेलसम्म नगरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी गराएको छ । मतदाता नामवलीको विवरण संकलनका लागि निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्न पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता