सत्यवतीमा सम्पन्न स्वास्थ्य शिविर बाट झण्डै चार सय महिलाले लिए सेवा



फागुन १९ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा चलेको महिला रोग सम्बन्धि नि: शुल्क स्वास्थ्य शिविर बाट झण्डै चार सय महिलाले  स्वास्थ्य सेवा लिएका छन् ।
घरटोलमै महिलालाई स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले गाउँपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।
शिविरमा महिलाहरुको भि.आई. एच जाँच ,स्तन क्यान्सर ,पाठेघरको मुखको क्यान्सर ,आङ खस्ने, तथा अस्थायी परिवार नियोजन सम्बन्धि सेवा प्रवाह गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्य रानाले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर एक अश्लेवामा एक ५०,वडा नम्बर -६ चोरकाटेमा एक सय २५ र वडा नम्बर -८ भार्सेमा ९९ जना गरि तीन सय ७४ जनाले स्वास्थ्य सेवा लिएका छन ।
त्यस्तै थप उपचारको लागि २६ जना महिलालाई बाहिर रेफर गरिएको स्वास्थ्य संयोजक रानाले उल्लेख गरे ।

स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष निरुमाया तरामुले महिलाहरुले आफ्नो रोगबारेमा घरपरिवार तथा स्वास्थ्यकर्मी सङ राख्न र भन्न लजाउन नहुने बताईन ।
कुनै पनि रोग पाल्न नहुने तर्क गर्दै उनले समयमै जाँच गराए अशिकाश रोगको उपचार हुने हुँदा समयमै सेचेत हुन आग्रह गरिन ।
त्यस्तै आगामी दिनमा पनि गाउँपालिकाले थप सुबिधा सहित यस्ता शिविरको आयोजना गर्नु पर्ने स्थानीय महिलाको माग समेत रहेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता