सत्यवतीका पहिरो पीडितलाई अर्जुन मा वि द्वारा ३१ हजार भन्दा बढी आर्थिक सहयोग




 डि.बि खड्का गुल्मी ।
अविरल वर्षाका कारण पहिरो मा पुरिएर १३ जनाले ज्यान गुमाउनुका साथै ठूलो मात्र मा भौतिक क्षेतीको सामान गरेको गुल्मीको सत्यवती गाउँपालिका लाई यति बेला  चारै तिर बाट राम्रो सहयोग साथ मिल्दै गएको छ । पछिल्लो समय जिल्लाको रेसुङ्गा नगरपालिका स्थित अर्जुन आवसिय माध्यमिक विद्यालयले सत्यवती ठुलोलुम्पेकका पहिरो पीडितलाई एकतिस हजार सात सय ८५ नगद रकम प्रदान गरेको छ ।

वडा अध्यक्ष रुक ब राना लाई नगद रकम हस्तान्तरण गदै अर्जुन आवसिय माध्यमिक विधालयका प्रधानध्यापक रबी विष्ट

वडा अध्यक्ष रुक बहादुर रानालाई रकम हस्तान्तरण गरिएको अर्जुन आवसिय माध्यमिक विधालयका प्रधानध्यापक रबी  विष्टले जानकारी दिए । विधालयका शिक्षक,कर्मचारीहरु को एकदिन बराबरको तलब र विधार्थीहरुबाट पनि केही  आर्थिक रकम सङ्कन रकम प्रदान गरिएको विद्यालय स्रोतले जनाएको छ । प्राकृति विपदमा परेका सत्यवतीका जनताहरु लाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फ बाट रकम हस्तान्तरण गरिएको प्रधानध्यापक  विष्टले उल्लेख गरे । सत्यवतीमा घटेको घटनाले सत्यवतीको मात्र मन दुखेको छैन सिङ्गो गुल्मीको मन दुखेको प्रधानध्यापक विष्टको भनाई रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता