संविधान रक्षाका लागि गठबन्धन : नेता जिसि



गुल्मी, २९ असाेज ।
नेकपा माअाेवादी केन्द्रका गुल्मी जिल्ला संयाेजक एवम् गुल्मी क्षेत्र नम्बर -२ `ख´ का उम्मेदवार बुद्धि जिसीले संविधान रक्षाका लागि पाँच दलीय गठबन्धन बनेकाे बताएका छन् । मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेता जिसीले एमाले अध्यक्ष अाेलीले च्यातेकाे संविधानकाे रक्षा गठबन्धनले गरेकाे बताए । त्यसका साथै उनले यसै क्षेत्रबाट पाँच बर्ष पहिले नै निर्वाचित दिनेश पन्थी आफ्नो कार्यकाल समेत पूरा नगरी जनमतको अपमान गरेकाेले आफुले त्यसाे नगर्ने बताए । `पाँच बर्ष पहिले निर्वाचित सासंद व्यक्तिगत स्वार्थमा लागेर सासंद पद समेत त्याग्नुभयाे ।´ नेता जिसीले भने, `जसले गर्दा हाम्रो क्षेत्रका थुप्रै याेजना अलपत्र परेे, अब त्यसाे हुन दिनुहुदैँन ।´ आगामी पाँच बर्षमा देशमा जस्ताेसुकै राजनीति परिवर्तन भएपनि अहिलेकाे गठबन्धनप्रति आफू सधै इमानदार रहने बताए । फरक प्रसङ्गमा नेता जिसीले रामकुमारी झाँक्री मन्त्री हुँदा नै थुप्रै विकासका याेजना जिल्ला भित्राएकाेले त्यसकाे परिणाम केही समयमै आउने बताए । कार्यक्रम गठबन्धनमा आवद्ध विभिन्न दलहरूका विभिन्न तहका नृता तथा कार्यक्रता, जनसमुदाय लगायतकाे उपस्थिति रहेकाे थियाे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता