विपद व्यवस्थापन समिति गुल्मीको बैठक सम्पन्न



गोकर्ण पाण्डे

चैत १ गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको अयोजनामा विपद व्यवस्थापन समितिको  बैठक जिल्ला प्रशासन कार्यालयको सभा हल मा सम्पन्न भएको छ ।  जिल्लामा डढेलो लाग्नु र बाढि पहिरो आउनु भन्दा पहिलै साबधानी अपनाउनका लागी बैठकको अयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले विपद आउनु भन्दा पहिले नै तयारी मा लाग्नु पर्ने बताउनु भएको छ। स्थानीय सरकार र डिभिजन वन कार्यालयका प्रमुख लाई ध्यान दिन आग्रह गर्नु भयो ।
जिल्ला समन्यन समितिका प्रमुख लक्ष्मण पराजुलीले डिभिजन वन कार्यालय गुल्मी लाई डढेलो नियन्त्रणमा लाग्न आग्रह गर्नु भएको छ। यस भन्दा अगाडिका बर्षमा डढेलो बढि लागेको हुनाले यस बर्ष आगोलागी रोक्न पराजुलीले डिभिजन वन कार्यालय लाई आग्रह गर्नु भयो।

उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयो। पराजुलीले जिल्ला वन कार्यालय लाई डढेलो सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम आयोजना गर्ने आग्रह गर्नु भयो।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सपकोटले जनशक्तिको आभावमा पनि विभिन्न काम भै रहेको बताउनु भयो। उहाँले डढेलो सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने पनि बताउनु भयो।
जिल्लाका राजनीति दलका नेताहरू ले रेसुङ्गा वन क्षेत्रमा चोरि निकासी बढिरहेको ले यसलाई रोक्नको लागि जिल्ला वन कार्यालय लाई ध्यानाकर्षण गराएका थिइ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता