लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग



अनिल खत्री
८ वैशाख, गुल्मी । हिमालय आइएमइ लोक स्टारको फाइनलमा प्रवेश गरेका सन्तोष क्षेत्रीलाई गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । हिमालय आइएमइ लोक स्टारमा उनि प्रनिस्पर्धीमा रुपमा प्रस्तुति राख्दै आएका छन् ।
क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो । उनलाई गृह पालिकाले बिजेता बन्नका लागि भन्दै ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
आफ्नो परिश्रम, लगन र कलाद्वारा जन्मभूमि इस्मालाई सबैतिर चिनाई रहेको भन्दै गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । रियालिटी शो ‘हिमालय लोकस्टार’ को फाइनलमा पुग्ने लुम्बिनी प्रदेशबाटै एक्लो प्रतिभालाई राष्ट्रको गौरव स्थापित गर्न जुट्ने पालो समस्त गुल्मेलीको भएको खड्काले बताए ।
क्षेत्री जिल्लाबासीसँग भोट र आर्शिवाद माग्न जिल्लामा आएका छन् । उनलाई राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीको अगुवाईमा जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुका बिचमा भोट माग्दै हिडेका छन् ।
हिमालय टेलिभिजनमा हरेक हप्ताको मंगलवार र बुधवार बेलुकी ८ बजे उक्त कार्यक्रम आउने गर्दछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता