रेसुङ्गा विमानस्थल बाट हप्ताको दुई पटक नियमित उडान हुने !



बैशाख २७ गुल्मी ।

नेपाल एयरलाइन्सले आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान गर्नेछ।

उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाँच सय रुपैयाँ पर्नेछ।

रेसुङ्गा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो।

विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।

एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।
स्रोत सेतोपाटी अन्लाईन

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता