युवा नेता तथा पुर्व जनप्रतिनिधि पौड्याल द्धारा एमाले परित्याग



असोज २७ गुल्मी ।
नेकपा एमाले मालिका गाउँपालिकाका चर्चित नेता पिताम्वर पौड्याल कांग्रेस , माओवादी ,समाजवादी र जनमोर्चा सहितको चुनावी गठबन्धनलाई समर्थ जनाउँदै नेकपा एमाले परित्याग गरेका छन् । एमालेका जिल्ला स्तरका नेता र मालिका गाउँपालिका–८ भरभुङ्गका निर्वतमन वडा सदस्य रहेका उनलाई आज गठबन्धन दलले सिमलटारीमा आयोजना गरेको कार्यक्रममा नेकपा एकिकृत समाजवादीकी सचिव तथा गुल्मी क्षेत्र नम्वर २ की उमेदवार रामकुमारी झाँक्री लगायतका नेताहरुले स्वागत गरेका छन् ।

नव प्रवेशी पौड्याललाई स्वाग गर्दै नेतृ झाँक्रीले आफु प्रति क्षेत्र नम्वर २ का एमालेजनको ठुलो सहानुभुती रहेको र उहाँहरुकै समर्थनमा आफुले चुनाव जित्ने दाबी गरिन । कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिका गुल्मी जिल्ला संयोजक खिलध्वज पन्थीले पौड्याल जस्ता शसक्त युवाहरुको प्रवेश बढ्दो रहेको र बाम लोकतान्त्रिक गठबधनका सबै उमेदवारहरुको जित सुनिश्चीत भएको दाबी गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा गुल्मी क्षेत्र नम्वर २ ख प्रदेशका उमेदवार बुद्धि जिसीले जब नेकपा एमालले आफुलाई कम्युनिष्ट भन्दै गर्दा राजावादी राप्रपा जस्ता प्रतिगामीहरु संग चुनावी गठबन्धन ग¥यो तब देखि पौड्याल जस्ता सच्चा कम्युनिष्ट एमालेहरु गठबन्धनमा प्रवेश गर्ने बताए ।

उनले केपी ओली नेतृवको एमाले आफै पनि प्रतिगामी र साथी पनि प्रतिगामी खोज्ने गरेको आरोप लगाए । बाम लोकन्त्रिक गठबन्धन निर्वाचन क्षेत्र नम्वर २ ख प्रदेशको बिशेष कार्यक्रममा अन्य थुप्रै एमालेजन पनि प्रवेश गरेको माओवादी केन्द्र धुर्कोटका नेता रामप्रसाद घिमिरे बताउँछन् । म राष्ट्रिय रुपमै चर्चित नेतृ रामक्ुमारी दिदीको हातबाट टिका अविर लगाएर नेकपा एकिकृत समाजवादीका प्रवेश गरें, पौड्यालले भने–‘ अहिलेलाई सिङ्गो बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन ज्यान फालेर लाग्ने छु , तर सच्चा कम्युनिष्ट पार्टीका रुपमा मैले नेकपा एकिकृत सामाजवादी रोंजे । उनले अब लगत्तै त्यहाँका युवाहरुको ठुलो पंक्ती बाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्दै एमाले परित्याग गर्ने उद्घोष गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता