मालिका माविमा शैक्षिक महोत्सव ः तयारी तीव्र !



डी.बि खड्का ,असोज २ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर आठमा रहेको मालिका माध्यमिक विद्यालयमा शैक्षिक महोत्सव आयोजना गरिने भएको छ । मालिका माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सन्चालानार्थ गुल्मी सिमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो ।

महायज्ञ आउँदो असोज २६ देखि कात्तिक ३ गते सम्म चल्ने महायज्ञ मूल समारोह समितिका संयोजक टीका बहादुर जिसिले बताए ।
महायज्ञको मिति नजिकिए सँगै तयारीलाई पनि तीव्रता दिइएको छ । यति बेला रुपन्देही,कपिलवस्तु,नवलपरासी तथा बुटवल आसपासमा बसोबास गदै आएका गुल्मेलीहरू सँग भेटघाट तथा त्यस क्षेत्रमा कार्यरत गुल्मेली शिक्षक,कर्मचारी, एवम् शुभचिन्तक सँग को अन्तरक्रिया कार्यक्रम लाई तीव्रता दिएको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ ।

महायज्ञमा विराट धन धान्य महापर्व ,पितृ मुक्तिको पूजा, राष्ट्रिय कलाकारबाट भजन कृतन, झाकी, श्रीमत भागवत कथा प्रवचन, योग आयुर्वेद प्रवचन ,गैदान, रुद्री पाठ, चौरासी पूजा, व्रतबन्ध, जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ । मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालानार्थ यस भन्दा अघि कुनै पनि विद्यालयमा धार्मिक महोत्सवको आयोजना गरिएको थिएन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता