मालिका गाउँपालिका द्वारा प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई स्वागत !



 चैत ११ गुल्मी । मालिका गाउँपालिकाको कार्यालय प्रमुखका रुपमा पदभार ग्रहणगरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीलाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाले स्वागत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा सहित अन्य जनप्रतिनिधि तथा कर्मचारीले भण्डारीलाई अबिर तथा फुलमालाले स्वागत गरेका हुन । स्वागत गर्दै अध्यक्ष थापाले कार्यालय प्रमुख भण्डारीले सेवा प्रवाह ,सुशासन तथा कार्य सम्पादन कार्यलाई आफ्नो समयमा स्वर्णमी बनाउने अपेक्षा गाउँपालिकाले राखेको उल्लेख गरे ।

त्यस्तै पदभार ग्रहण गर्दै भण्डारीले नीति तथा कार्यक्रम अनुसार काम गर्ने बताउदै । गाउँको विकास , सुशासन तथा सेवा प्रवाहमा गाउँपालिकालाई अब्बल बनाउने बताए । यता झन्डै तीन वर्ष सम्म कार्यालय प्रमुख रुपमा काम गरेका दिपक भण्डारीलाई केहि दिन पछि बिदाई गरिने गाउँपालिकाले जनाएको छ । विकट तथा दुर्गम मानिने मालिका गाउँपालिकामा झन्डै तीन वर्ष सेवा प्रवाह गरेका भण्डारीले गाउँपालिकामा उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता