मालिका गाउँपालिकाको अर्धवार्षिक समिक्षा !



माघ २४ गुल्मी ।

मालिका गाउँपालिकाले यस आर्थिक वर्षको अर्धवार्षिक समिक्षा गरेको छ ।
अस्ति सोमबार र हिजो मंगलबार गरि दुई दिन अर्धवार्षिक समिक्षा गरिएको गाउँपालिकाका प्रशासन शाखाका अधिकृत अशर जिसीले बताए ।
समिक्षा बैठकमा गाउँपालिका अन्तर्गत सबै विषयगत शाखाका प्रमुख र आठ वटै वडाका वडा अध्यक्षहरुले आर्थिक ,वित्तीय र भौतिक प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।
गाउँपालिकाको हाल सम्मको प्रगति विवरण संतोषजनक देखिए पनि अब भने तीव्र गतिमा  पारदर्शी ढङ्गले काम गर्नु पर्ने अवस्था देखिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

साथै उपभोक्ता बाट हुने काम ,त्यसको भुक्तानी प्रक्रिया र कर्मचारीको जिम्मेवारी बारेमा समेत प्रमुख प्रशासकीय अधिकृत खनालले प्रष्ट पारेका थिए ।

यस वर्ष कुल ५६ करोड ८७ लाख १४ हजार नौ सय ११ रुपैयाँ बजेट रहेको र अहिलेसम्म ३१% ५७ प्रतिशत खर्च भएको लेखापाल रामकुमार केसीले बताए ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल र उपाध्यक्ष उपेन्द्र अर्यालले जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिदै उत्कृष्ट ढंगले सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
अन्य वडा भन्दा, वडा नम्बर एक र छ कार्यप्रगती विवरणमा अघि देखिएको बताउदै अन्य वडालाई पनि तिव्र ढङ्गले सहि सेवा उपलब्ध गराउन अध्यक्ष अर्यालले आग्रह गरेका छन् ।
मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।
समिक्षा बैठकले सबै जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया सङै कामको अनुभव आदानप्रदान प्रदान गर्ने अवसर प्राप्त भएको वडा नम्बर आठका वडा सदस्य सागर गिरीले बताए ।
प्रशासन शाखाले काम गर्ने विधिको बारेमा जानकारी मुलक प्रशिक्षण दिएको हुँदा आगामी दिनमा काम गर्न सहज हुने वडा सदस्य गिरीले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता