मालिका गाउँपालिकाका १८५० जना किशोरीले आइरन चक्की खाना सुरु गरे



माघ ११- गुल्मी ।

आज देखी मालिका गाउँपालिकाका सबै किशोरीलाई आइरन चक्की खुवाउन सुरु गरिएको छ ।
केन्द्रीय सरकारको आर्थिक सहयोग र मालिका गाउँपालिकाको समन्वयमा आइरन चक्की खुवाउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

गाउँपालिकाका दस देखी १९ वर्षका किशोरीहरुलाई आज देखीआइरन चक्की वितरण सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।किशोरीहरु दस देखी १९ वर्भित्रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउन लागिएको हो । मालिका गाउँपालिका भित्रका आठै वटा वडाका एक हजार आठ सय पचास जना किशोरीहरु रहेको र ति सबै किशोरीहरुलाई माघ , फागुन र चैत सम्म हप्ताको एक वटा क्यासुलको दरले आइरन चक्की खुवाउने गाउँपालिकाले जनाएको छ ।

कोही पनि किशोरी यस कार्यक्रम बाट नछुटोन र कार्यक्रम प्रभावकारी बनोस भनेर गाउँपालिकाले ११ वटा स्वास्थ्य चौकीका प्रमुख र १६ वटा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिशक प्रतिनिधिलाई प्रशिक्षण समेत दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता