मालिका गाउँपालिकाका सबै किशोरीलाई आईरन चक्की खुवाउने



माघ ६ गुल्मी ।

माघ ११ गते देखी मालिका गाउँपालिकाका सबै किशोरीलाई आइरन चक्की खुवाउने कार्यक्रम तय गरिएको छ ।
केन्द्रीय सरकारको आर्थिक सहयोग र मालिका गाउँपालिकाको समन्वयमा आइरन चक्की खुवाउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका दस देखी १९ वर्षका किशोरीहरुलाई आइरन चक्की प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।

किशोरीहरु दस देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउन लागिएको हो ।
किशोरीहरुलाई माघ , फागुन र चैत सम्म हप्ताको एक वटा क्यासुलको दरले आइरन चक्की खुवाउने सुआहाराका पोषण तथा स्वास्थ्य अधिकृत दिपेन्द्र पन्तले बताए ।

सोहि कार्यक्रमलाई प्रभावकारी बनाउन मंगलबार ११ वटा स्वास्थ्य चौकीका प्रमुख र १६ वटा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिशक प्रतिनिधिलाई प्रशिक्षण समेत दिईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता