मालिका गाउँपालिकाका योजना शाखा प्रमुख जिसीको बिदाई !



असोज १५ गुल्मी ।

मालिका गाउँपालिकाका योजना शाखाका प्रमुख अधिकृत अशर जिसीलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।
जिसीलाई गाउँपालिका अध्यक्ष देवीराम अर्याल ,उपाध्यक्ष उपेन्द्र अर्याल ,प्रमुख प्रशासकीय अधिकृत विकास खनाल लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारीले फुल माला तथा मायाको चिनो प्रदान गरि बिदाई गरेका हुन । त्यस्तै आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट कर्मचारी घोषित भएका जिसीलाई गाउँपालिकाले नगद १५ हजार सहित सम्मान समेत गरेको सूचना अधिकृत जगत पौडेलले जानकारी दिए ।
आज बिदाई समारोहलाई सम्बोधन गर्दै अध्यक्ष देवीराम अर्यालले अशर जिसीको उज्ज्वल भविष्यको कामना गर्दै जिसी बाट गाउँपालिकाले सुशासन र कार्यसम्पादनका विषयमा धेरै सिक्ने अवसर पाएको बताए । ईमानदार ,कर्मनिष्ठ ,अनुशासित ब्याक्ती सदैब सफल हुन्छ भन्ने उदाहरण अशर जिसी बनेको अध्यक्ष अर्यालले उल्लेख गरे ।
त्यस्तै बिदाई समारोहमा बोल्दै जिसीले मालिका गाउँपालिकालाई धन्यवाद दिएका छन् । आफ्नो जागिरको पहिलो कार्यालय मालिका गाउँपालिका भएको हुँदा मालिका गाउँपालिका र मालिका वासी सदैब आफ्नो लागि स्मरणीय हुने बताए ।
मालिकाको भुगोलबाट आफुले धेरै कुरा सिकेको र सदैब सकारात्मक सहयोग साथ पाएको उनले उल्लेख गरे ।
मालिका गाउँपालिकाको योजना शाखा प्रमुखको रुपमा ३ वर्ष ९ महिना काम गरेका जिसी अहिले नेपाल सरकारको शाखा अधिकृतमा सिफारिस भएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता