मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको बिदाई !



माघ २१ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीलाई शुक्रबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । मालिका गाउँपालिकामा झण्डै ११ महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका भण्डारीलाई गाउँपालिका अध्यक्ष देवीराम अर्याल सहित अन्य जनप्रतिनिधि तथा कर्मचारीले मायाको चिनो प्रदान गरि बिदाई गरेका हुन ।
बिदाई तथा फेरि भेट हौंला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले ,भण्डारीको उज्ज्वल भविष्यको कामना गर्दै थप प्रगतिको शुभेच्छा प्रकट गरे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले पनि मालिका गाउँपालिकाको परिवार ,स्थानीय जनता तथा सञ्चारकर्मीले आफुलाई निकै सहयोग गरेको बताउदै मालिकामा धेरै विषयको अनुभव लिन पाएको बताए ।
साथै कर्मचारीहरुको सरुवा ,बढुवा सामान्य कुरा रहेको उल्लेख गर्दै आफू जहाँ भए पनि मालिकाको समृद्धि तथा विकासको लागि सधै सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।
अब भण्डारीले स्याङ्जाको बिरुवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भुमिका निर्वाह गर्ने छन भने मालिका गाउँपालिकामा विकास खनालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता