मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई मातृशोक



माघ २०, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी ममतामयी माता लक्ष्मी भण्डारीको बिहिवार बिहान ८२ वर्षको उमेरमा निधन भएको परिवारजनले बताए ।

लामो समयदेखि दमको रोगबाट कारण ग्रसित भण्डारीको आफ्नै निजी निवास रेसुङा नगरपालिका ४ अर्खलेमा बिहिवार बिहान सात बजे निधन भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीलाई मातृशोक परे पछि गाउँपालिकाले दुःख व्यक्त गरेको छ। परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै गाउँपालिकाले एक लगनशील तथा मेहनती कर्मचारीको अभिभावक गुमाएको जनाएको छ ।

एक असल अभिभावक गुमाउदा उहाँहरुको परिवारलाई मात्रै नभएर सिङ्गो गाउँपालिकाकालाई अतुलनीय क्षेती पुगेको मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर छ अर्जैका वडा अध्यक्ष शोभाखर गिरीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता