मालिकामा विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो !



फागुन २४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले विविध कार्यक्रम गरि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
आज गाउँपालिकाको केन्द्र अर्खबाङमा मावी स्तरीय छात्रा बिच वक्तृत्वकला प्रतियोगिता ,महिलाहरु बिच घैंटो फोर र कुर्सी दौड प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संयोजक तारा अर्यालले जानकारी दिईन ।

गाउँपालिका भित्रका मावी तहका विद्यालय बिच “लैङ्गकि सम्मानताको बलियो आधार,शृजनात्मक प्रविधिमा महिला पहुँच विस्तार ” शिर्षकमा छात्राहरु बीच वक्तृत्वकला प्रतियोगिता भएको हो ।

जसमा अर्जै माविकी तुलसा गौतम प्रथम ,नेटा दर्लिङ्ग माविकी मनिषा पौडेल द्वितीय र अर्खाबाङ माविकी बिमला पौडेल तृतीय भएकी छन् ।
प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमश:  पाँच हजार ,तीन हजार र दुई हजार सहित प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक अर्यालले बताईन ।
त्यस्तै महिलाहरु बिच भएको खुल्ला घैटो फोर प्रतियोगितामा मालिका -६ अर्जैकी बिमला अर्याल प्रथम , वडान ५ छापहिलेकि मिना गिरी द्वितीय भएका छन् । त्यस्तै कुर्सी दौडमा मालिका -४ कि उषा अर्याल प्रथम र मालिका -५ कि कमला मगर द्वितीय भएका छन् । प्रथमले पाँच हजार र द्वितीयले तीन हजार नगद सहित प्रमाणपत्र हात पारे ।

कार्यक्रमको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले एक औपचारिक समारोहका बिच उद्वघाट्न गरेका हुन । कार्यक्रमले नारिहरुलाई सम्मान गर्नुका साथै हौसला दिएको अर्यालले बताए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विकास खनालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित यो कार्यक्रमले महिला दिदी बहिनिहरु बिच आत्मियता बढाउनुका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुराएको बताए ।
गाउँपालिकाले अभिभावकको भुमिका निर्वाह गर्दै सबै महिला दिदिबहिनी लाई एउटै कार्यक्रममा सहभागी गराउन सफल भएको अधिकृत खनालले उल्लेख गरे ।
कार्यक्रममा मालिका गाउँपालिकाका झण्डै पाँच सय महिलाको सहभागीता रहेको थियो भने महिला हकहित सम्बन्धी विभिन्न किसिमका नारा लगाउदै अर्खबाङ बजार समेत परिक्रम गरिएको थियो ।

साथै आगामी दिनमा नारी दिवसलाई थप भव्य ढंगले मनाउनु पर्ने उनीहरुले गाउँपालिकालाई सुझाव समेत दिएका छन ।

कार्यक्रम कार्यपालिका सदस्य दीपा महताराको अध्यक्षता तथा तारा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता