मदाने ,अग्लुङ्गका गर्भवती महिलाहरुको लागि नि:शुल्क एम्बुलेन्स सेवा



असार ३० गुल्मी ।
मदाने गाउँपालिका १ अग्लुङ्गले गर्भवती महिलाको निम्ति नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएको छ । वडा भित्र सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उदेश्यका साथ अग्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भवतीलाई आउन -जान नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने वडा अध्यक्ष सुशील चंदले बताए ।

बर्थिङ्ग सेन्टरसम्म पुग्नकाे लागि आर्थिक अभावकाे कारण जाेखिमपुर्ण तरिकाले घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको र त्यसको अन्त्य गर्न वडा कार्यलयले नि:शुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न लागेको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष सुशील चन्दले भने “अग्लुङ भित्रका गर्भवती आमा र नवजात शिशु हरुको सुरक्षाको निम्ति एउटा सानो प्रयास गरेका छाै । जुन २०८० साउन १ देखि लागु हुनेछ ´´ ।

अग्लुङ्ग स्वास्थचाैकिमा सुत्केरी हुन नसकी अन्यत्र अस्पतालमा जानुपर्ने जटिल समस्या देखिए मदाने गाउँपालिका बाट यातायात खर्च उपलब्ध हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता