बलात्कारका आरोपीलाई गुल्मी अदालतले दियो घर जाने अनुमति !



१५ भदौ, गुल्मी ।

कानुनले जघन्य अपराध मान्ने बलात्कारका आरोपीलाई गुल्मी अदालतले घर जाने अनुमति दिएको छ । जबरजस्ती करणीको आरोपमा जिल्लाको मदाने गाउँपालिका एक का १६ वर्षीय किशोर गएको साउन २६ गते पक्राउ परेका थिए । साउन २० गते सोही स्थानकी हाडनाता पर्ने ११ वर्षीया किशोरीलाई घरमा कोही नभएको समयमा दिउँसो करिब ११ बजे घर नजिकैको गोठमा लगरे जबरजस्ती करणीको प्रयास गरेको परिवारले बताएका छन् ।

आरोपी २० वर्ष उमेर नपुगेका कारण कारागार पठाउन नमिल्ने भएकाले अभिभावकको जिम्मा लगाएर घर पठाइएको गुल्मी अदालतले बताएको छ । कानुन सम्मत २० वर्ष नपुगेका बालबालिकालाई सुधार गृहमा पठाउनु पर्ने व्यवस्था छ । सुधार गृह गुल्मीमा नभएको र भैरहवाको सुधार गृह वर्षात्का कारण डुबेको , कोरोनाको जोखिम रहेको कारण अभिभावकको जिम्मा लगाएको गुल्मी अदालतका श्रेष्तेदार भिम भुसालले बताए । यस बारे थप जिज्ञासा राख्दा अदालतमा बिचारधीन रहेको मुद्धामा आफु धेरै फोनमा बोल्न नमिल्ले प्रतिक्रया दिए ।

भदौ १४ गते उनलाई अदालतले घर जाने अनुमती दिएको हो । यसबारे जानकारी लिँदा गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले आफुलाई केही थाहा नभएको र बुझेर प्रतिक्रिया दिने बताएकी छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता