बन्दका कारण गुल्मीका बजार सुनसान, गन्तव्यमा पुग्न सकेनन् सवारी साधन



गोकर्ण पाण्डे

१६ फागुन, गुल्मी । अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव), नेपाल नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट, नेपाल कम्युनिष्ट पार्टी गरेको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ ।

हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकासन भएसँगै गुल्मीबाट काठमाडौ,बुटवल,पाल्पा र अर्घाखाँची छुट्ने लामाे दुरिका सवारी साधनहरु पनि चलेका छैनन् ।

केहि सवारी साधन फाटफुट मात्रामा चलेपनि हिजोको तुलनामा सडकमा सवारीहरु कम मात्रामा गुडिरहेका छन् । यता जिल्लाका विभिन्न विद्यालय ,कलेज,पसल,कालकारखाना समेत बन्द भएका छन्।

गुल्मीका मुख्य बजार र चाेकहरु पनि सुनसान छन्। बन्दमा कुनै कसिमका घटना नहुन् भन्नका लागि चाेकचाेक मा सुरक्षाकर्मी खटाइएको छ ।

हिजाे विभिन्न ठाउँबाट छुटेका सवारी साधन अझै गन्तव्यमा पुग्न सकेका छैन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता